मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

सोमेश्वरगढी सडक निर्माणका लागि बागमती प्रदेश सरकारबाट ६ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत

  • A
  • A+
  • A++

चितवन । माडी-५, छरछरेबाट सोमेश्वरगढी पुग्ने पक्की बाटो निर्माणका लागि बागमती प्रदेश सरकारले ८ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत गरेको छ ।

विज्ञापन १

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमेश्वर सडक निर्माणको बहुबर्षिय योजनाका लागि प्रदेश अर्थ मन्त्रालयमा बजेट माग गरेकोमा अर्थले शुक्रबार सो बजेट स्वीकृत गरेको प्रदेशसभा सदस्य ठाकुर ढकालले जानकारी दिनुभयो ।

विज्ञापन २

सो बहुबर्षिय योजना अन्तरगत चालू आर्थिक बर्षमा छरछरेबाट सोमेश्वरगढीतर्फ ७०० मिटर बाटो कालोपत्रे गर्न र सोमेश्वरढीको माथिल्लो ३ किलोमिटर बाटोमा भुईं ढलान, नाला र रिटेनिङ वाल निर्माणका लागि टेण्डर आह्वान हुने प्रदेश सांसद ढकालले जनाउनुभयो ।

विज्ञापन ३

यसबाहेक, हाल सोमेश्वरगढीस्थित स्ट्याचु गार्डेनबाट सोमेश्वर पर्वतको चुचुरोतर्फ पुग्ने सिंढी निर्माणका लागि प्रदेश सरकारकै पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालयबाट करीब ८ लाख रूपैंयाको बजेटबाट सिंढी निर्माणकार्य चलिरहेको छ भने सोमेश्वरगढी पूजा व्यवस्थापन समितिले मन्दिर वरपर सिंढी निर्माणका लागि श्रमदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया