२५ फागुन, माडी । माडी नगरपालिका–४ सिधुवा चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। आइतबार राति करिब ११:५७ बजे बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको बा. ७१ प. ४६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक माडी नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीय विक्रम महतो घाइते भएका हुन्।
घाइते महतोलाई प्राथमिक उपचारका लागि बघौंडा अस्पताल ल्याएकोमा थप उपचारका लागि राती ०१:१७ बजे भरतपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ । घाइते महतोको मुखबाट रगत बगेको तथा शरीरमा भित्री चोट लागेको कारण बोल्न नसक्ने गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ।




