२६ फागुन, माडी । माडी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय परिसर भरतपुरमा एकवटा प्रतीक्षालय निर्माण गर्ने भएको छ । माडीको पर्यटन प्रवर्द्धन एवं थारु संस्कृति प्रचार-प्रसार समेत हुनेगरी प्रतीक्षालय निर्माण गर्न लागिएको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।
जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा आगजनी हुँदा भौतिक क्षती भई सेवाग्राहीहरु बस्ने स्थानको अभाव रहेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकवटा प्रतीक्षालय निर्माण गरिदिन माडी नगरपालिकालाई अनुरोध गर्नुभएको थियो ।
प्रजिअ अर्यालको अनुरोध बमोजिम माडी नगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय र श्रोत व्यवस्थापन गरी ‘थारु संस्कृति झल्कने र माडीको पर्यटकीय स्थलहरुबारे जानकारी प्रवाह समेत हुनेगरी प्रतीक्षालय निर्माण गर्न लागेको’ नगरप्रमुख महतोले बताउनुभयो ।

नगरपालिकाले सो प्रतीक्षालय निर्माण अन्तरगत संरचना सम्बन्धी कामका लागि दरभाउ (कोटेशन) पेश गर्न सार्वजनिक सूचना जारी समेत गरिसकेको छ । चालू आर्थिक बर्ष २०८२/८३ भित्रै सो निर्माणकार्य पुरा गर्ने जनाइएइको छ ।



