श्रमजीवी युवा कृषक समुहद्वारा माडीका विपन्न परिवारहरुलाई दशैं विशेष खाद्यान्न प्रदान

168
SwadeshPost

श्रमजीवी युवा कृषक समुहले बुधबार माडीका विपन्न परिवारहरुलाई दशैं विशेष खाद्यान्न प्रदान गरेको छ । ‘बिपन्न सङ्ग श्रमजीवी’ नाम दिइएको सो कार्यक्रम अन्तरगत कमजोर आर्थिक अवस्था भएका भुमिहिन, अपांग र दलित गरी १५ वटा परिवारलाई चामल, मासु, तेल, जिरा, प्याज र मसलाको प्याकेज वितरण गरिएको हो ।

आर्थिक अभावका कारण दशैं मनाउन सकस परेका परिवारमध्ये केहिलाई समुहले माडीको बरुवामा सञ्चालन गरिरहेको श्रमजीवी मिट मार्ट, कोल्ड स्टोर्स तथा खाजा घरबाट र अन्य केहिलाई उहाँहरुको गाउँघरमै पुगी खाद्यसामग्री वितरण गरिएको हो । श्रमजीवी कृषक समुहका सदस्यहरु तथा स्थानिय समाजसेवी हरुको आर्थिक सहयोगमा प्याकेज वितरण गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

SwadeshPost