सौराहापछिको अर्काे पर्यटकिय गन्तव्यः माडी

320
SwadeshPost

चितवन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सौराहापछिको अर्काे गन्तव्यका रुपमा माडी क्षेत्र चिनिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पर्वत श्रेणी रहेको चुरे पहाडको मध्यभागमा रहेको माडी उपत्यकामा घुम्न आउने पर्यटकले माडीमा पर्यटन प्रवर्द्धनका योजनाबद्ध कामहरु अगाडी बढेसंगै सौराहामा वन्यजन्तु अवलोकन गर्न आउने पर्यटकको रोजाईमा माडी थपिएको महसुस गरिएको हो ।

यसैबिच, पर्यटकीय आकर्षण गुमाउँदै शहरिकण हुँदै गएको सौराहाको पर्यटन उद्योग जोगाउन क्षेत्रीय होटल संघ, सौराहाले पर्यटकीय गुरुयोजना तयार गरिरहेको छ । सौराहालाई केन्द्रबिन्दु पर्यटन बिज्ञ विश्वराज सुवेदी नेतृत्वमा तयार भइरहेको सो गुरुयोजनाले कृषि तथा पर्यापर्यटनका लागि माडी क्षेत्र, सूर्याेदय र दुर्लभ वन्यजन्तु अवलोकनका लागि सौराहासँगै पटिहानी, जगतपुर र मेघौली, पदयात्राका लागि उपरदाङगढी र सिराइचुलीजस्ता पहाडी क्षेत्र, धार्मिक पर्यटनका लागि देवघाट र मौलाकालिका क्षेत्रको विकास गर्नुपर्ने उल्लेख गरिएको बिज्ञ सुवेदीले जनाउनुभयो ।

आउँदो फागुन ७ गते सार्वजनिक गर्ने तयारी गरिएको सो गुरुयोजनामा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिने पर्यटकीय गतिविधिको विस्तार, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, पानीसँग सम्बन्धित क्रियाकलापको विकास, स्वदेशी र विदेशी क्षेत्रमा यहाँको पर्यटकीय महत्वको प्रचारप्रसारलगायतका विषय समावेश गरिएका छन् । (तस्वीरमा पर्शुराम कुण्ड)

SwadeshPost