समुदाय–प्रहरी साझेदारी तथा सार्वजनिक सुनुवाई सम्पन्न

705
SwadeshPost

हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरीको नारासहित शुक्रबार शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय, माडीद्वारा आयोजना गरिएको सो कार्यक्रमको सभाध्यक्ष माडीका सामाजिक अगुवा एवं नेपाली काँग्रेस चितवन जिल्ला कार्यसमिति सदस्य शोभाकर चापागाई रहनुभएको थियो ।

कार्यक्रममा माडीका क्रियाशील राजनैतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, माडीमा क्रियाशील संघसंस्था र आम नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी सेवा प्रभावकारी बनाउन बर्दी बिनाका प्रहरीका रुपमा रहेका आम नागरिकहरुसंग बर्दी सहितको प्रहरी संगठनको समन्वय हुनुपर्नेमा जोड दिइएको थियो ।

SwadeshPost