माडीमा २ आई.सि.यु. सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना हुने

349
SwadeshPost

माडी नगरक्षेत्रमा २ बेड आई.सि.यु. सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना हुने भएको छ ।

माडी नगरपालिकाको आकस्मिक बैठकले माडी क्याम्पसमा हाल रहेको १७ बेडको आइसोलेशन वार्डलाई बढाएर तत्कालै ३० बेडको बनाउने निर्णय गरेको हो । त्यसैगरी बघौंडा अस्पतालमा २ वटा आई.सि.यु. बेड राख्न आवश्यक काम तत्कालै गर्ने पनि निर्णय गरिएको माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले जनाउनुभयो । यस सन्दर्भमा माडी १ र ५ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेल र रामबन्धु पोखरेलले माडीमै भेन्टिलेटर सहितको आई.सि.यु. स्थापना हुनुपर्ने बिचार व्यक्त गर्नुभएको थियो ।

यसअघि, माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका ६ जना संक्रमितहरुलाई उपचारका लागि भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा पठाइएको थियो । उनीहरु सबैलाई अस्पतालको आइसोलेशन बेडमा राखी उपचार भइरहेको छ । जिल्लामा कोरोना संक्रमणको दर बढिरहेको सन्दर्भमा आइसोलेशन वा आई.सि.यु.को अभाव हुनगई नगरवासी संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले पूर्वतयारीस्वरुप आई.सि.यु. सहित थप आइसोलेसन बेडहरुको व्यवस्था गर्न लागिएको हो ।

SwadeshPost