राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता

514
SwadeshPost

पश्चिमी चितवनको ध्रुवघाटमा राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता रहेकी छिन् ।

स्थानीय दोभान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा मध्यान्ह करीब १२ बजे राप्ती नदीले बगाउँदा भरतपुर २४, ध्रुब बजार निवासी अन्दाजी बर्ष ४५की श्रीमाया घलानको मृत्यु भएको हो । उहाँको शव घटनास्थलमा भेटिएको छ । त्यसैगरी यो समाचार प्रकाशित हुँदासम्म सोही वडाबासी अन्दाजी बर्ष ५५ की मनकुमारी तामाङ वेपत्ता रहनुभएको छ ।

नेपाली सेना, जनपद प्रहरी, भरतपुर २४ वडा कार्यालय र सामुदायिक वनका प्रतिनिधीहरुले वेपत्ता हुनुभएकी तामाङको खोजी गरिरहेको हो । एकजनाको मृत्य र अर्का एकजना वेपत्ता भएसंगै ध्रुव र नयाँबस्ती क्षेत्रमा शोक छाएको छ ।

SwadeshPost