सहकारी संस्थाहरुलाई प्रदान गरिएको क्षमता अभिवृद्धि तालिम सम्पन्न

280
SwadeshPost

२० फागुन, चितवन । माडी नगरपालिकाको आयोजनामा माडी क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई प्रदान गरिएको क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न भएको छ । बसन्तपुरस्थित होटल प्याराडाइजमा भएको कार्यक्रममा सहकारीको नीति, नियम, ऐन नियमावलीका बिषयमा कानुनी परामर्श प्रदान गरिएको थियो । २ दिन सम्म संचालन भएको तालिममा मार्गदर्शन साकोसका कार्यकारी अधिकृत दीपक गौतम र भरतपुर महानगर पालिकाका सहकारी अधिकृत रामबाबु पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै माडीका सहकारी संयोजक तथा वडा २ का अध्यक्ष ईश्वरी प्रसाद ढकालले सहकारीलाइ सबल र सक्षम रूपमा स्थापित गराउन सहकारीको एकीकरण गरेर संख्यात्मक भन्दा पनि गुणात्मक विकासमा जोड दिनु पर्ने बताउनु भयो । ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर भित्रका सहकारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

SwadeshPost