व्यवसायिक रुपमा माछा, बंगुर र गाइभैंसी पालन व्यवसायिक पशुपालन तालिम सञ्चालन हुने

596
SwadeshPost

२० फागुन, चितवन । माडीमा व्यवसायिक रुपमा माछा, बंगुर र गाइभैंसी पालन गरिरहेका कृषकहरुका निम्ति एकदिने व्यवसायिक पशुपालन तालिम सञ्चालन हुने भएको छ ।

न्यू मिलन सप्लायर्स, बरुवा तथा बसन्तपुर र नेपाल वेलहोप एग्रीटेक (प्रा.) लि.को संयुक्त आयोजनामा व्यवसायिक माछा, बंगुर र गाइभैंसी पालन सम्बन्धी तालिम सञ्चालन हुन लागेको हो । आउँदो फागुन २२ गते बिहान १० बजेदेखि माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा तालिम सञ्चालन हुने आयोजक संस्था न्यू मिलन सप्लायर्सका सञ्चालक उद्धव थापाले जानकारी दिनुभयो । तालिममा सहभागी भई ज्ञानलाभ गर्न उहाँले सम्बन्धित कृषकहरूलाई अनुरोध गर्नुभयो ।

SwadeshPost