काठमाडौं महानगरपालिकाका प्रमुख र उप-प्रमुखकाे टाेलीले अयोध्या क्षेत्रको अवलोकन

830
SwadeshPost

०७ चैत, चितवन । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उप-प्रमुख हरिप्रभा खड्कीले माडीको अयोध्या क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । शनिवार नगरप्रमुख शाक्य, उपप्रमुख खड्की र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवलाी तथा महानगरका वडाध्यक्ष, वडा सदस्यहरु सम्मिलित १३७ सदस्यीय टोलीले अयोध्या क्षेत्रको अवलोकन भ्रमण गरेको हो । टोलीले रामधान निर्माण स्थलको अवmलोकन गर्नुका साथै रामधाम निर्माणमा भएगरेका कामहरुबारे चासो व्यक्त गरेको थियो ।

महानगरको भ्रमण टोलीलाई माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदी, माडी ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ, नेकपा (एमाले)का नेताहरु रेशमलाल आचार्य र रामेश्वर चौधरी तथा स्थानीय शिक्षक रामु भण्डारी लगायतले स्वागत गर्नुका साथै धामको निर्माणमा भएका काम र प्रक्रियाबारे जानकारी गराएको थियो । माडी नगरपालिका वडा नं. ९ स्थित साविकको कृष्णनगर पार्कमा धाम निर्माण प्रक्रिया अगाडि बढेको छ ।

SwadeshPost