नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको माडी नगर कमिटिले पूर्णता पायो

337
SwadeshPost

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको माडी नगर कमिटिले पूर्णता पाएको छ ।

माडीको लक्ष्मीनिवासस्थित पुष्प मदन बाटिकामा सम्पन्न एक कार्यक्रमबाट संघको ६१ सदस्यीय माडी नगर कमिटि गठन भई सपथ ग्रहण समेत भएको हो । संघको माडी नगर कमिटि संयोजक र सह-संयोजकमा यसअघि नै मुन्ना मियाँ र रामु क्षेत्री चयन हुनुभएको थियो । सोही सन्दर्भमै संघको माडीका ९ वटै वडाहरुमा वडा कमिटि र बाँदरझुला विशेष कमिटि समेत चयन भएको छ ।

२१ सदस्यीय माडी १ वडा कमिटिको संयोजकमा राजु बि.क. र सह-संयोजक राम कुमार बि.क. रहनुभएको छ । त्यस्तै २१ सदस्यीय नै रहेको वडा नं. २ कमिटि संयोजकमा रमेश न्यौपाने र सह-संयोजकमा कृष्ण प्रसाद अधिकारी चुनिनुभएको छ । यता, ४३ सदस्यीय वडा नं. ३ कमिटिको संयोजकमा रामचन्द्र महतो र सह-संयोजकमा दिनेश गुरुङलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, २१ सदस्यीय माडी ४ वडा कमिटिको संयोजकमा निर्दल चौधरी र सह-संयोजकमा निमनारायण महतो तथा २१ सदस्यीय नै रहेको वडा नं. ५ कमिटि संयोजक र सह-संयोजकमा क्रमशः शुरेस दराई र नारायण भट्टराई रहनुभएको छ । त्यस्तै ४७ सदस्यीय वडा नं. ६ कमिटिको संयोजकमा बिशाल पण्डित र सह-संयोजकद्वयमा शिव गुरुङ र मदन पौडेल चुनिनुभएको छ ।

यता, ६९ सदस्यीय वडा नं. ७ कमिटिको संयोजकमा सन्देश आचार्य र सह-संयोजकमा बुद्धि बहादुर नेपाली, ४३ सदस्यीय वडा नं. ८ कमिटिको संयोजक र सह-संयोजकमा क्रमशः सुर्य बहादुर अधिकारी र मेनुका गान्धारी तथा २१ सदस्यीय वडा नं. ९ कमिटिको संयोजक र सह-संयोजकमा हरिराम दाहाल र सरोज सुनार चयन हुनुभएको छ । बाँदरझुला विशेष कमिटिको संयोजकमा सुर्य बहादुर प्रजा र सह-संयोजकमा सागर खड्कालाई जिम्मेवारी दिइएको छ ।

SwadeshPost