दुईवटै मृगौला बिग्रिएर उपचाररत ३१ बर्षीय घतानेको जीवन रक्षाको अभियान चल्दै

703
SwadeshPost

२९ चैत, चितवन । माडी ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले दुईवटै मृगौला बिग्रिएर उपचाररत वडाबासी एक बिपन्न युवाको जीवन रक्षाको अभियान थाल्नुभएको छ ।

माडी ५, ब्रह्मपुरी निवासी बर्ष ३१ का अनुप घतानेको दुईवटै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने भएसंगै वडाध्यक्ष पोखरेलले उपचार सहयोग अभियान सुरु गर्नुभएको हो । हाल घतानेले हप्तामै दुईदेखि तीन पटकसम्म डाइलाइसिस गराउनु परिरहेको छ, तर आर्थिक अभावले मृगौला प्रत्यारोपण हुन सकेको छैन ।
न्यून आर्थिक आय भएको घताने परिवारले अनुपको जीवन बचाइदिन सार्वजनिक आह्वान गरेको छ ।

२ सन्तान सहित परिवार पाल्नुपर्ने उमेरमै दुबै मृगौला बिग्रिएसंगै घतानेको उपचारमा सघाउन वडाध्यक्ष पोखरेलले पहल लिनुभएको हो । घतानेलाई उपचारमा सघाउन उहाँकी श्रीमती अनु घतानेको नाउँमा कृषि विकास बैंक माडी शाखामा रहेको बैंक खाता नं. 05-088-01255803-01-8 मा सहयोग रकम जम्मा गर्न सकिन्छ ।

SwadeshPost