काेराेनाकाे दोश्रो लहर सुरु भएता माडीबाट ३० जनाले कोरोनालाई जित्दै डिस्चार्ज

208
SwadeshPost

०७ जेठ, चितवन । कोभिड १९ महामारीको दोश्रो लहर सुरु भएयता माडीबाट ३० जनाले कोरोनालाई जित्दै डिस्चार्ज भएका छन् । माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या बढिरहँदा सो रोगलाई पराजित गरी स्वस्थ हुनेहरुको संख्या समेत बढिरहेको हो । बिहीबार मात्रै ४ जना डिस्चार्ज भई घर फर्किएको माडी नगरपालिकाका बिपद् श्रोत व्यक्ति गोविन्द न्यौपानेले जनाउनुभयो । हाल माडीको बघौंडा अस्पतालको आइसोलेशनमा १ जना कोभिड संक्रमित भर्ना रहेको र अरु सबैजना घरघरमै, होम आइसोलेशनमा रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबिच, घरबाहिर स्वास्थ्य मापदण्ड अपनाउन खोजिएको देखिए पनि घरभित्रै एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना संक्रमण फैलन नदिन भौतिक दुरी कायम गर्न नगरपालिकाले आग्रह गरेको हो । त्यस्तै, संक्रमित भई होम आईसोलेनमा बसेका केहि व्यक्तिहरु घरपरिवारका अन्य सदस्यसंग प्रत्यक्ष जोडिएर घरायसी कामकाजमा सहभागी भएको र घरबाहिर यत्रतत्र हिँडहुल गरेको पाइएकाले अनिवार्य रुपमा १४ दिन सुरक्षित तवरले होम आईसोलेसनमा बस्न पनि नगरपालिकाको अनुरोध छ ।

SwadeshPost