लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन

203
SwadeshPost

चितवन । माडी-६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामको अध्यक्षमा टंक पौडेल चयन हुनुभएको छ । माडी नगरपालिकाको कार्यपालिका बैठकले ब्रह्मपुरी निवासी युवा अगुवा टंक पौडेलको अध्यक्षतामा कार्यबिधीमा तोकिए बमोजिमको पदेन जिम्मेवारी रहनेगरी नयाँ व्यवस्थापन समिति गठन गरेको हो ।

यसअघि, श्याम बिष्टको अध्यक्षतामा बालग्राम व्यवस्थापन समिति क्रियाशील रहेकोमा नगरपालिकाले बालग्राम सम्बन्धी कार्यबिधी पारित गरेसंगै बिष्ट नेतृत्वको कार्यसमिति स्वतः बिघटन भएको जनाइएको छ ।

४० बढी चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा पालनपोषण र शिक्षणको व्यवस्था गरिरहेको सो बालग्राम हेल्पिङ सोसाइटी नेपाल नामको संस्थाले सुरुवात गरेकोमा पछि माडी नगरपालिकाले अभिभावकत्व ग्रहण गरी सहयोग सुरु गरेको हो । बालग्रामलाई विभिन्न सामाजिक संस्थासंगै व्यक्तिगत तवरबाट पनि आर्थिक र भौतिक सहयोग हुँदै आएको छ ।

SwadeshPost