कोरोना नियन्त्रणमा सघाउन डेनिस संस्था जे.वाई.एस.के. द्वारा एन्टिजीन किट र ग्लोब्स प्रदान

191
SwadeshPost

१७ ज्येष्ठ, चितवन । डेनिस संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीमा कोरोना नियन्त्रणमा सघाउन एन्टिजीन किट र ग्लोब्स प्रदान गरेको छ ।

डेनिस स्वयम्सेवीहरुद्वारा सञ्चालित सो संस्थाले माडीको स्थानीय साझेदार निकाय एकीकृत समावेशी दीगो विकास परियोजना, माडी–८, चितवन मार्फत २ लाख ७० हजार रुपैंया बराबरको एन्टिजीन किट र ग्लोब्स सहयोग गरेको हो । कोरोना संक्रमण परीक्षणमा सघाउन सो कीट अत्यन्त उपयोगी र सहज मानिएको माडीका स्वास्थ्य संयोजक शिव सुवेदीले जनाउनुभयो ।

यसअघि डेनिस सहयोगमा माडीको बघौंडा अस्पतालमा करीब ५ लाख ७० हजार रुपैंया बराबरको अक्सिजन सिलिण्डर, रेगुलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका मेडिकल सामग्रीहरु प्राप्त भएको थियो । कोभिडको पहिलो लहरको समयमा समेत सो डेनिस संस्थाले माडी नगरपालिकालाई अत्यावश्यक मेडिकल सामग्रीहरु सहयोगस्वरुप प्रदान गरेको थियो ।

SwadeshPost