होम आइसोलेशनमा रहेका बिपन्न संक्रमितहरुलाई विश्वास फार्मेसीद्वारा कोभिड किट उपलब्ध

330
SwadeshPost

चितवन । कोरोना संक्रमण भई होम आइसोलेशनमा रहेका बिपन्न संक्रमितहरुलाई माडीको बसन्तपुरस्थित विश्वास फार्मेसीले कोभिड किट उपलब्ध गराउन सुरु गरेको छ ।

कोरोना पुष्टी भई माडीका विभिन्न गाउँहरुमा घरमै होम आइसोलेशनमा रहेका ५० जना बिपन्न वा न्यून आय भएका संक्रमितहरुका निम्ति सो फार्मेसीले माडी नगरपालिका स्वास्थ्य शाखासंग समन्वय गरी अत्यावश्यक स्वास्थ्य सामग्रीहरु समेटिएको कोभिड किट प्रदान सुरु गरेको हो । किटमा बाफ लिने स्टीम मेसिन, थर्मामिटर, ग्लोब्स, मास्क, नुहाउने साबुन, कपडा धुने साबुन, स्यानिटाइजर, फेस शिल्ड, ब्रस, दन्त मन्जन, टिस्यु पेपर लगायतका स्वास्थ्य सामग्री रहेको सो फार्मेसीका सञ्चालक गोविन्द नेपालले जानकारी दिनुभयो ।

फार्मेसी सञ्चालक स्वास्थ्यकमीद्वय गोविन्द प्रसाद नेपाल र बिष्णुदेवी नेपाल दम्पत्तीले भरतपुर-२८ मेघौलीका स्थायी बासिन्दा, सामाजिक अभियन्ता एवं हाल सिंगापुरमा व्यवसाय गरिरहनुभएका एन.आर.एन.ए.-आइ.सि.सी. सिंगापुरका सदस्य प्रभाकर पराजुली समेतको सहयोगमा कोभिड किट उपलब्ध गराउनुभएको हो । स्वास्थ्यकर्मी नेपालले यसअघि कोभिड-१९ को पहिलो चरण र अन्य समयमा समेत माडीमा स्वास्थ्यजन्य क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याउँदै आउनुभएको छ ।

SwadeshPost