भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयद्वारा माडी क्षेत्रमा पुल र सडकका ५ योजनाहरुमा बजेट

362
SwadeshPost

२४ ज्येष्ठ, चितवन । संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आ.व.को स्वीकृत योजनाहरुको सुचिमा माडी क्षेत्रमा पुल र सडक निर्माणका ५ वटा योजनाहरु समेटेको छ ।

मन्त्रालयले आउँदो आर्थिक बर्ष २०७८/०७९मा माडीको बरुवा बजारबाट भैरवपुर पर्साचोक बैराठ सिम्रहनी अजिंगरे सहिदपार्क हुँदै गंगटे पुग्ने १३ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि १ करोड २० लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

त्यस्तै, माडी २ र ३ जोड्ने स्थानमा चितई खोला पुलका लागि ४७ लाख ५० हजार र रौतनी खोलामा पुल निर्माणका लागि समेत समान ४७ लाख ५० हजार विनियोजन गरेको छ । यसबाहेक रीउ करिडोर निर्माणका लागि २४ लाख रुपैंया र कल्याणपुर बजारबाट हरिनगर हुँदै अयोध्याधाम जाने सडक बनाउन २४ लाख रुपैंया बजेट छुट्याइएको छ ।

SwadeshPost