निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्दै

236
SwadeshPost

असार २०, चितवन । निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्न थालेको छ ।

माडीमा शुक्रबार १६ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै शनिवार ६ जनामा परीक्षण गर्दा ३ जनामा कोरोना देखिएको छ । आज आइतबार १४ जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको बघौंडा अस्पतालका डा. आलोक कुमारले जानकारी दिनुभयो ।

पछिल्लो समय माडी क्षेत्रमा बजार व्यवसाय पूर्णरुपमा खुला रहन थालेका छन् । लामो दुरीका सवारी साधन र शिक्षण संस्थाबाहेक अरु सबै काम कार्यालयहरू नियमित शैलीमा सञ्चालनमा रहेको देखिन्छ । भीडभाड अति बढेको छ र मानिसहरुले मास्कको प्रयोग गर्न छाड्न थालेका छन् । यसको कारण कोरोनाको दोश्रो लहर पुरै नसकिँदै माडी क्षेत्रमा तेश्रो लहर सुरु हुन सक्ने स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

SwadeshPost