आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

ध्रुबेको आक्रमणबाट मृत्यु हुनेको ज्ञात संख्या १६ पुग्यो, तत्कालै नियन्त्रणमा लिन वा मार्न माडीबासीको माग

  • A
  • A+
  • A++

चितवन । कुख्यात जंगली मत्ता (हात्ती) ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुको ज्ञात संख्या १६ पुगेको छ ।

विज्ञापन १

ध्रुबेले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ भन्दा धेरैको ज्यान लिइसकेको थियो । शनिवार यसले एकजना सशस्त्र सेनालाई नै आक्रमण गरी ज्यान लिएसंगै यसको सिरियल किलिङको ज्ञात संख्या १६ पुगेको हो । त्यस्तै, यसले ५० बढी घर भत्काएको र कम्तीमा एउटा भाले हात्ती पनि मारेको निकुञ्जको तथ्यांक छ।

विज्ञापन २

कानुनतः बहुलाएको हात्तीलाई मार्ने निणर्य गर्न निकुञ्ज प्रशासनलाई कुनै अड्चन रहन्न । एक दशकअघि सोही हात्तीलाई बहुलाएको भन्दै निर्णय भएको थियो । सो समयमा निकुञ्ज प्रशासन कसरामा तात्कालीन प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले ध्रुबेलाई मार्ने निर्णय गरेपनि निकुञ्जले भने हात्तीलाई रेडियो कलर जडान गरी दाह्रा काटेर छाडेको थियो ।

विज्ञापन ३

त्यसबखत ३-४ बर्ष हराएको ध्रुबे पछिल्लो केहि बर्षदेखि सुखीभार पोष्ट क्षेत्रमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी र सेना त्रसित बनेका छन् । सो हात्तीकै कारण निकुञ्जभित्र मोटरसाइकलमा यात्रा गर्न जोखिम समेत बढेको छ भने निकुञ्ज वरपरका गाउँघरमा पुनः जनधनको क्षती भोग्नुपर्ने त्रास फैलिएको छ । सो हात्तीलाई तत्कालै नियन्त्रणमा लिन वा मार्न माडीबासीहरुले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया