गतबर्ष चैतमै निर्माण कार्य पुरा गरिसक्नुपर्ने समयसीमा रहेको माडीको बाँदरमुढे खोला पुलमा ढलान

268
SwadeshPost

१० बैशाख, चितवन । गतबर्ष चैतमै निर्माण कार्य पुरा गरिसक्नुपर्ने समयसीमा रहेको माडीको बाँदरमुढे खोला पुलमा अन्ततः ढलान भएको छ ।

स्थानीयबासी, स्थानीय वडा नं. ६ कार्यालय र माडी नगरपालिकाको पटक पटको ताकेता वेवास्ता गर्दै सुस्त गतिमा निर्माण कार्य अगाडि बढाएको पुल निर्माण कम्पनी सपना आर.डी.ले निर्माणको समयसीमा गुज्रिसकेपछि बुधबार ढलान गरेको हो ।

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत बसन्तपुर र कल्याणपुर जोड्ने २५ मिटर लम्बाइको सो दुईतर्फी पुल निर्माणमा सुरुबाटै ढिलाई हुँदै आएको स्थानीयको गुनासो छ । बाँदरमुढे खोलामा पुल नहुँदा हरेक बर्ष विशेषतः बर्षायाममा यातायात सेवा अवरुद्ध हुनेगरेको छ ।

SwadeshPost