आचारसंहिता उल्लंघनका घटना बढे; कसरी हुनेगर्छ आचारसंहिता उल्लंघन ?

617
SwadeshPost

दोश्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनाहरु निकै बढेपनि कुनै कारवाही नभएको भन्दै भन्दै निर्वाचन आयोगको तीब्र आलोचना भइरहेको छ ।

मुख्यतः ठूला दलका नेताकार्यकर्ताहरुले मत प्रभावित गर्ने उद्देश्यले भोजभतेर गर्ने, अन्य दलको सभा र कार्यक्रम प्रभावित पार्ने, भड्किलो चुनावी प्रचारप्रसार गर्ने, मिडियाको एकपक्षीय दुरुपयोग गर्ने, मतदाताहरुलाई पैसा बाँडी मत किन्ने, सरकारी श्रोत दुरुपयोग तथा नियुक्ती र सरुवा गर्ने आदि लगायतका आचारसंहिता उल्लङ्घनका काम गरेको देखिएको छ । त्यसैगरी मौन अवधीमा पैसा बाँड्ने, समुहगत भोज आयोजना गर्ने, सामाजिक सञ्जालहरुबाट चुनावी प्रचार गर्ने तथा मास एस.एम.एस. गरेर पनि आचारसंहिता उल्लङ्घन हुने गरेको छ ।

आचारसंहिता उल्लंघनका विभिन्न ८० प्रकारका उजुरी निर्वाचन आयोगमा परेका हालसम्म केहिलाई स्पष्टिकरण सोध्ने, सम्बन्धित पक्षलाई पत्राचार गर्ने, जस्ता काम भएपनि कारबाही कसैलाई नगरिएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता उल्लंघन गरेकाहरुलाई एकलाख रुपैँयासम्म जरिवाना गर्ने र उम्मेदवारी नै रद्द गर्ने सम्मको अधिकार निर्वाचन आयोगलाई छ ।

आचारसंहिता लागु गराउने आयोगमात्र होइन, पालना गर्नुपर्ने सरकारी निकाय र दलहरुमा समेत देखिएको हेपाहा प्रवृत्तिका कारण उल्लंघनका घटना बढिरहेको विज्ञहरुको भनाई छ । स्थानीय तह निर्वाचनदेखि पहिलो र दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका बेला पनि लगातार उल्लंघनका घटनाहरु दोहोरिएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने आचारसंहिता सम्बन्धी कानूनमा नै सुधारको आवश्यकता रहेको बताएका छन् ।

SwadeshPost