स्वदेश एफ.एम.अवलोकन र भेटघाटका लागि विदेशी (भारतीय) श्रोताको नेपाल आगमन

344
SwadeshPost

चितवन । स्वदेश एफ.एम.को अवलोकन र स्वदेशकर्मीहरूसंग भेटघाटका लागि रेडियोका नियमित श्रोता, भारत मध्यप्रदेश साझापुर निवासी हरिश्चन्द्र पाण्डे नेपाल आउनु भएको छ ।

ब्रह्मकुमारी अभियानमा सरिक पाण्डे स्वदेश एफ.एम.बाट प्रशारित हुने सम्पूर्ण कार्यक्रमहरूको नियमित श्रोता भएकाले स्वदेशकर्मीहरुसंग भेटघाट तथा रेडियो अवलोकनका लागि एफएमको कार्यालयमै आइपुग्नु भएको हो ।

विशेषत स्वदेश एफ.एम., एफ.एम.को फेसबुक पेज तथा अनलाईनबाट दैनिक साँझ ७ देखि प्रशारण हुने साङ्गीतिक साँझका प्रस्तोता शर्मिला लामिछानेको कार्यक्रम सञ्चालन एबं समाचार बाचिका दिप्ती बिश्वकर्माको वाचन शैलीबाट निकै प्रभावित भएकाले आफु प्रत्यक्ष भेटघाटका लागि आएको श्रोता पाण्डेले बताउनुभयो ।

उहाँलाई स्वदेश एफ.एम.का अध्यक्ष देब नारायण शाहले स्वागत गर्नुभएको थियो । देशभरकै अत्यधिक सुनिने उत्कृष्ट आठको सुचीमा रहेको यस रेडियोबाट प्रशारित कार्यक्रमहरु अनलाईन एप्समार्फत संसार भर सुन्न र फेसबुक पेज मार्फत संसार भर हेर्न सकिन्छ ।

SwadeshPost