छैठौं साइड नेपाल कप फुटबलको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने

280
SwadeshPost

चितवन । छैठौं साइड नेपाल कप माडीस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने भएका छन् ।

बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलबाट लिबर्टी युथ क्लब ईनारबरुवा बिजेता घोषित हुँदै फाइनल प्रवेश गरेको हो ।

खेलको दोश्रो हाफको थपिएको (इञ्जुरी) समयमा सहारा युवा क्लबको पोष्टमा लिबर्टीको बल प्रहारले जाली चुमेपनि अफसाइड रहेको भन्दै विवाद भएको थियो । पछि आयोजकले लिबर्टीलाई बिजेता घोषित गरेको हो ।

यसअघि पहिलो सेमीफाइनलबाट रेडहिल युनाइटेडलाई टाइब्रेकरमा हराउँदै ध्रुबतारा फाइनल प्रवेश गरेको थियो । फाइनल खेल आउँदो शुक्रबार सञ्चालन हुने खेलतालिका रहेको छ ।

SwadeshPost