२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा निर्वाचनका लागि चितवन-३ बाट माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ सिफारिस गरेको छ ।
हाल होटल व्यवसायमा सरिक रहनुभएका एवं यसअघि प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन समेत लडिसक्नुभएका माडी-३, बसन्तपुर निवासी बराललाई आगामी निर्वाचनका लागि समानुपातिकतर्फ सिफारिस गरिएको हो । उहाँसंगै काँग्रेस केन्द्रीय कोषाध्यक्ष रहँदै चितवनबाटै प्रत्यक्ष निर्वाचन लडेका अर्का नेता उमेश श्रेष्ठलाई पनि समानुपातिक तर्फबाट सिफारिस गरिएको छ ।

चितवन-३ बाटै समानुपातिक सुचिमा सिफारिस हुने अन्य नेताहरुमा विष्णुमाया परियार, तारा गुरुङ, कमला रानाभाट, ६. रेशम दराई, कृष्ण बहादुर भुजेल, उमेशचन्द्र पौडेल, लक्ष्मीकान्त दवाड़ी, हरिचन्द्र महतो, दल बहादुर गुरुङ, अन्जना लामिछाने भण्डारी, बिर बहादुर लोहनी (विश्वकर्मा), राज कुमार तमाङ, दिपक लामा, मिनबहादुर विश्वकर्मा र अनिता गैरे घिमिरे रहेका छन् ।


