भिडियो-पडकास्ट पोष्ट

माडी न.पा.को सुनुवाई: कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेद्वारा बजार अनुगमनको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगर कार्यपालिका कार्यालयको खुला सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेले ‘म्याद गुज्रिएका उपभोग्य सामग्रीको नियन्त्रणमा अनुगमन हुनुपर्ने’ बिषय उठान गर्नुभएको छ ।

‘मानव स्वास्थ्यका दृष्टिले यस्ता म्याद गुज्रिएका खाद्यसामग्री र दैनिक उपभोग्य सामग्रीहरु हानिकारक हुने भएकाले यसको नियन्त्रण हुनु विशेष आवश्यक रहेको’ उहाँको जोड दियो । रेडक्रसकर्मी समेत रहनुभएका घिमिरेले ‘माडीमा रहेका रेडक्रसका चारवटै (गर्दी, बघौंडा, कल्याणपुर र अयोध्यापुरी) उपशाखाहरुका लागि नियमित बजेट व्यवस्थापन गरिदिन’ पनि पालिकासमक्ष अनुरोध गर्नुभयो ।

माडी नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधीको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार माडी ८ वडा कार्यालय प्राङ्गणमा सञ्चालन भएको थियो । नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा भएको सुनुवाई कार्यक्रमको सहजिकरण स्वदेशकर्मी देवनारायण शाहले र सञ्चालन स्वदेशकर्मी श्रीजा थापाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया