चितवन खबर पोष्ट

बिग्रिरहने निर्माण र सवारी साधन बन्द गर्दै चालकसँगको करार भंग गर्ने माडी नगरपालिकाको निर्णय

२० चैत, माडी । माडी नगरपालिकाले पटक पटक बिग्रिएर धेरै मर्मत गर्नु परिरहेका नगरका ढुवानी एवं निर्माणका साधनहरु चलाउन बन्द गर्दै त्यस्ता सवारी र साधनहरुका चालकहरुसंगको करार सम्झौता भंग गर्ने भएको छ ।

ट्रयाक्टर, ट्रिप्पर र हेभी इक्विप्मेन्ट (ठूला निर्माण साधन)हरु पटक पटक बिग्रिने र त्यसको मर्मतमा ठूलै खर्च भइरहने गरेको सन्दर्भमा माडी नगरपालिकाको ६८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

बैठकले त्यस्ता निर्माण साधन चलाउने चालक र हेल्परहरुको करार भंग गर्ने तथा ज्यालादारीमा रहेका सवारी चालक एवं हेल्परहरुलाई काममा नलगाउने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।

नगरका निर्माण सामग्रीहरू प्रायजसो माडी नगरपालिका आफैले सञ्चालन गर्ने विकास निर्माण सम्बन्धी काम, क्रसर प्लाण्टमा लोड अनलोड र ट्रान्सपोर्ट लगायतमा सरिक हुँदै आएका थिए । तर साधनहरू बिग्रिएर हैरानी खेप्नु परिरहेको अवस्था थियो ।

२० चैत, माडी । माडी नगरपालिकाले पटक पटक बिग्रिएर धेरै मर्मत गर्नु परिरहेका नगरका ढुवानी एवं निर्माणका साधनहरु चलाउन बन्द गर्दै त्यस्ता सवारी र साधनहरुका चालकहरुसंगको करार सम्झौता भंग गर्ने भएको छ ।

ट्रयाक्टर, ट्रिप्पर र हेभी इक्विप्मेन्ट (ठूला निर्माण साधन)हरु पटक पटक बिग्रिने र त्यसको मर्मतमा ठूलै खर्च भइरहने गरेको सन्दर्भमा माडी नगरपालिकाको ६८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । बैठकले त्यस्ता निर्माण साधन चलाउने चालक र हेल्परहरुको करार भंग गर्ने तथा ज्यालादारीमा रहेका सवारी चालक एवं हेल्परहरुलाई काममा नलगाउने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।

यसैबिच, तराई-मधेश समृद्धि कार्यक्रम अन्तर्गत माडी नगरपालिकाले ३ वटा सडक निर्माण योजना छनौट गरेको छ । बैठकले सो योजनाहरुमा कार्यविधि अनुसार लागत साझेदारी सुनिश्चित गर्ने निर्णय गरेको हो । कार्यक्रम अन्तरगत कल्याणपुर पाण्डवचोकदेखि दिवाकर स्मृति प्राविधिक शिक्षालय जाने सडक निर्माण (वडा नं. ६), बैराठचोकदेखि जीवनपुर विद्यालय जाने सडक निर्माण (वडा नं. २) र बलिराम चौधरीको घरदेखि अम्रौली सडक निर्माण (वडा नं. ४) लाई छनौट भएका छन् ।

त्यस्तै, माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने सडकमा मोजाईक टायल बिछ्याउन निकुञ्ज प्रशासनसंग अनुमती मागेको छ । नगर कार्यपालिकाको ६८ औँ बैठकले सो सडकमा टायल बिछ्याउने कामको टेण्डर प्रक्रियाका लागि डि.पि.आर. समेत संलग्न गरी निकुञ्जसंग अनुमती माग गर्ने निर्णय गरेको हो ।

निकुञ्जभित्र परीक्षणका रुपमा जेनजी युवा सम्मिलित उपभोक्ता समितिमार्फत करीब ४० मिटर सडकमा मोजाइक टायल बिछ्याइएको छ । त्यसको परीक्षण पुरा गरी टेण्डर निकाल्न मिल्ने वातावरण बनाउने नगरपालिकाले आवश्यक अनुमतीको प्रक्रिया पुरा गर्ने पहल गरेको बुझिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार