चितवन खबर पोष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला सभापति पदमा ई. मिनीमाधव खनाल निर्वाचित

चितवन, २५ जेठ ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला सभापति पदमा ई. मिनीमाधव खनाल निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खनालले २ सय २२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुसालले १ सय ११ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्याशी प्रकाश आचार्यले २२ मत प्राप्त गर्नुभयो। निर्वाचित सभापति खनाल यसअघि रास्वपाको चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रहनुभएको थियो।

त्यसैगरी उपसभापति पदमा निर्मला गिरि १ सय ९० मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी टिकादत्त इटनीले ८४ मत तथा प्रभाकर जोशीले ७३ मत प्राप्त गर्नुभयो।

सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १ सय ९४ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेत्र लामिछानेले १ सय ४५ मत प्राप्त गर्नुभयो।

सहसचिव पदमा कुशल पाठक १ सय ८७ मतसहित विजयी हुनुभएको छ। सहसचिव पदका अन्य उम्मेदवार चुमबहादुर जी.सी.ले ३७, पार्वती पाण्डेले ६९ तथा बेदप्रसाद आचार्यले ५४ मत प्राप्त गर्नुभएको थियो।

निर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया