२४ जेष्ठ, चितवन — चितवनका निजी (संस्थागत) विद्यालयहरूको संस्था ISCOB, Chitwan को आयोजना तथा बालविकास ई. स्कुलको सहआयोजनामा माडीमा चितवन जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।
प्रतियोगितामा सिनियरतर्फ भरतपुरका सनलाइट ई. स्कुलकी सृष्टि श्रेष्ठ प्रथम, विश्वज्योतिकी तिर्सना लामिछाने द्वितीय र नमुना विद्यालयकी रितिका महतो तृतीय हुन सफल हुनुभयो । सर्वोदयकी स्मृति गुरुङले सान्त्वना स्थान हासिल गर्नुभयो ।
त्यसैगरी जुनियरतर्फ भरतपुरकै शान्ति विद्यालयकी कृषा महतो प्रथम, सर्वोदयका सचिन थापा द्वितीय र विश्वज्योतीकी शान्ति के.सी. तृतीय हुँदा माडीको बालविकासका असिम राईले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा माडीका २ सहित चितवनका १७ विद्यालयबाट ३५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। ISCOB अध्यक्ष हर्क चापागाईंको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले ‘Global Warming’ तथा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले ‘My School’ शीर्षकमा चित्र बनाएको कार्यक्रममा सहजकर्ता शिक्षक संजय ढकालले जनाउनुभयो ।



