चितवन खबर पोष्ट

रास्वपा चितवन ३ को क्षेत्रीय उप-सभापतिमा माडी बरुवाका चीरञ्जीवि तिवारी निर्वाचित

चितवन, २५ जेठ ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन क्षेत्र नम्बर ३ को क्षेत्रीय उपसभापतिमा माडी बरुवाका चीरञ्जीवि तिवारी चयन हुनुभएको छ ।

आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट तिवारी सर्बसम्मत चितवन ३(ख) उपसभापति चयन हुनुभएको हो । ३(क) उपसभापतिमा पुष्पा थापा चयन हुनुभयो भने सचिवमा गणेश कँडेल चयन हुनुभयो ।

यस क्षेत्रको क्षेत्रीय सभापतिमा भने भरतपुर–२७ निवासी विष्णु पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५१ मत प्राप्त गर्दै विजयी हुनुहुँदा उहाँका प्रतिस्पर्धी आशिष लो तामाङले ४१ मत प्राप्त गर्नुभएको थियो । क्षेत्रीय सभापतिबाहेक अन्य सबै पदहरुमा सर्बसम्मत पदाधिकारी चयन भएको हो ।

नवनिर्वाचित तथा चयन भएका पदाधिकारीहरूले क्षेत्रीय संगठनलाई थप सुदृढ बनाउँदै पार्टीका नीति, कार्यक्रम र अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया