चितवन, ०८ श्रावण २०८३ — माडीमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूको पेशागत जोखिम तथा सुरक्षालाई मध्यनजर गर्दै रोजगारदाता र सरकारी निकायसँग “श्रम सुनुवाइ (लेबर हियरिङ)” मोडल कार्यक्रम सम्पन्न भएको छ ।
चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना तथा एक्सन एडको सहकार्यमा माडी नगरस्तरीय संवाद कार्यक्रम बिहीबार होटल प्याराडाइजमा सञ्चालन गरिएको हो। कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको कार्यस्थलको सुरक्षा अवस्था, न्यूनतम ज्याला प्राप्ति, सामाजिक सुरक्षा कोषमा आबद्धता, तथा समग्र स्वास्थ्य र सुरक्षाको अवस्थाबारे जानकारी लिने उद्देश्य राखिएको थियो।
कार्यक्रममा सहभागीहरूले आफू कार्यरत स्थलको अवस्था, भोगाइ र चुनौतीबारे अनुभव साटासाट गरेका थिए। साथै, श्रमिकहरूले उठाएका प्रश्न तथा गुनासोहरूको उत्तरित जिल्ला बार एसोसिएसनका सह–सचिव पवित्रा सुवेदी, माडी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डण्डपाणी पौडेल र उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले गर्नु भएको थियो ।

माडीका श्रमि महिला, इलाका प्रहरी कार्यालय माडीका प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पत्रकार प्रतिमा सिलवालले गर्नु भएको थियो ।
— — —



