माडीको खादरटोलमा सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र

218
SwadeshPost

बाढी तथा बन्यजन्तुको आक्रमणबाट बच्ने आश्रयस्थलका रुपमा माडीको खादरटोलमा बन्न सुरु भएको सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको छ । लक्षित बर्गको बजेट अन्तरगत तात्कालीन पिछडा तथा मधेशी समुदायका लागि माडी नगरपालिकाले विनियोजन गरेको ५ लाख ३ हजार रुपैंयामा निर्माण सुरु भएकोमा जग हाल्ने काम पुरा भएको हो । तर त्यसमाथिको कामका लागि बजेट नहुँदा काम अलपत्र परेको मधेशी तथा पिछडा वर्गको भवन निर्माण उपभोक्ता समितिकी अध्यक्ष सन्तरेशा सहनीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

४ कोठा रहने सो भवनको निर्माणपश्चात बाढी र बन्यजन्तुको बिपद्बाट बचाउनुका साथै सामुदायिक कार्यका लागि समेत उपयोग हुने अपेक्षा रहेको थियो । तर निर्वाचित जनप्रतिनिधीहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेसंगै पिछडा तथा मधेशी वर्गले पाउनुपर्ने लक्षित बर्गको कार्यक्रम अन्तरगतको बजेट विनियोजन नगरिएको र विगतमा लक्षित वर्गकै बजेट परिचालन गरी निर्माण सुरुवात भएको सो सामुदायिक भवनको काम पुरा गर्न वास्ता नगरिएको खादरटोल निवासी पारस सहनीले दुखेसो गर्नुभयो ।

SwadeshPost