स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु

166
SwadeshPost

चितवनमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चनौलीबाट गितानगर तर्फ जाँदै गरेको ना ५२ प ६६५५ नम्वरको स्कुटर भरतपुर महानगरपालिका १४ विरेन्द्रचोकको भित्री सडकमा अनियन्त्रित भई पल्टेको हो ।

स्कुटरमा सवार सोही ठाँउका ४२ बर्षिय बुद्धि बहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । विकको शव पोष्टमाटमका लागी भरतपुर अस्पतालमा राखिएको बताइएकाे छ।

SwadeshPost