माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँदा प्रदुषण बढ्यो

434
SwadeshPost

देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँएकाले प्रदुषण बढेको छ ।

सोमेश्वरगढी पुग्ने गरेका आन्तरिक पर्यटकहरुले सोमेश्वरगढी क्षेत्रमा मदिरा र चिसो पेय पदार्थका बोत्तल, पिउने पानीका प्लास्टिक, चाउचाउ र बिस्कुटका खोल तथा अन्य प्लास्टिकजन्य बस्तुहरू अव्यवस्थित रूपमा फ्याँक्ने क्रम बढेकाले प्रदूषण बढेको हो । सोमेश्वरगढीसम्म पुग्ने बाटो निर्माण भई सहज रुपमा पर्यटकहरु त्यहाँसम्म पुग्ने क्रम बढेसंगै बढेको फोहोर व्यवस्थापनमा तत्काल ठोस कार्ययोजना अगाडी बढाउन आवश्यक देखिएको हो ।

धार्मिक एवं पौराणिक महत्वको सोमेश्वर गढी क्षेत्रमा नेपाल र भारतका विभिन्न गाउँहरुको अवलोकनसंगै सोमेश्वर कालीका मन्दिर, ढुङ्गे डुंगा, पाताल गंगा, नर्तनाचल, कालीका मुर्ती आदिको अवलोकन गर्ने गन्तव्य स्थानहरु रहेका छन् । सोमेश्वरमा रामनवमीका अवसरमा भव्य मेला लाग्नुका साथै बर्षैभर नेपाली एवं भारतीय भक्तजन तथा पर्यटकहरु पुग्ने गरेका छन् ।

SwadeshPost