घर भत्कीएर बेघर दाहाललाई नेकपा निकट युवाहरुद्वारा नयाँ घर हस्तान्तरित

315
SwadeshPost

घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुर निवासी शेषकुमारी दाहाललाई र नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवाहरुको संगठनले नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

चितवनको माडी नगरपालिका वडा नं ४ मा बस्दै आएकी एक्ली महिला शेषकुमारी दाहालको घर भुकम्पले चर्किएको थियो । बर्खाको पानी थेग्न नसक्दा गत असोज १४ गते घर पुरै भत्किएको थियो । माडीका नेकपा संबद्ध युवाहरु मिलेर झण्डै साढे दुई लाखको लागतमा घर निर्माण गरेर उनलाई हस्तान्त्रण गरेको हो ।

घर हस्तान्तरणसंगै वाई सि एल नेपाल केन्द्रीय कार्यलयले शेषकुमारी दाहाललाई १ वर्षलाई पुग्ने रासन सहयोगको समेत घोषणा गरेको छ । नवनिर्मित घर हस्तान्तरण कार्यक्रममा वाई सि एल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशीखा र महासचिव सुबोध सिर्पालीको विशेष उपस्थिति रहेको थियो । दाहालको लागि घर निर्माण समितिका संयोजक रामेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपाका नेताहरु रामबन्धु पोखरेल, दिवश पाण्डे, हरि भुसाल, गोविन्द न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

SwadeshPost