माडी गोल्डकपमा स्टार स्पोर्टस् र नयाँ बस्ती फुटबल क्लब दोश्रो चरण प्रवेश

649
SwadeshPost

बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत शनिवारका खेलहरु जित्दै स्टार स्पोर्टस् क्लब, बरुवा र नयाँ बस्ती फुटबल क्लब दोश्रो चरण प्रवेश गरेका छन् ।

आज शनिवारको पहिलो खेलमा अभिषेक चर्च रजहरलाई स्टार स्पोर्टस् क्लब, बरुवाले २-० गोलअन्तरबाट पराजित गरेको हो । सो खेलको म्यान अफ द म्याच स्टार स्पोर्टस् क्लबका विश्वास श्रेष्ठ घोषित हुनुभयो । त्यस्तै दोश्रो खेलमा जुनियर पुलिस अफिसर्स कलेज र नयाँ बस्ती फुटबल क्लब भिँडेकोमा १-० गोलअन्तरसहित नयाँ बस्ती फुटबल क्लबले जीत दर्ता गरेको हो । सो खेलको म्यान अफ द म्याच नयाँ बस्ती फुटबल क्लबका दिपेश गुरुङ घोषित हुनुभयो ।

प्रतियोगिता अन्तरगत भोलि भरतपुर फुटबल क्लब र ठोरी स्पोर्टस् क्लबबिच क्वार्टरफाइनल चरणको पहिलो खेल हुनेछ । चितवन, नवलपुर, मकवानपुर, पर्सा र तनहूँका गरी १६ वटा क्लबहरुको सहभागीता रहेको सो प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन ।

SwadeshPost