

दिवाकर
स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम
कार्यक्रम अन्तरगत ३ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् ।
माडीको बसन्तपुरस्थित मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसमा २ वटा समुहलाई
कुक तालिम दिन सुरु गरिएको हो । त्यसैगरी दिवाकर स्मृति प्राविधिक
शिक्षालय भवनमै थप एकवटा समूहलाई डकर्मी तालिम समेत दिन सुरुवात गरिएको छ ।
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक संक्षिप्त कार्यक्रमबिच
तालिमको उद्घाटन गर्नुभएको थियो । तालिममा प्रति समूह २० जनाको सहभागिता
रहेको दिवाकर स्मृति शिक्षालयका प्राचार्य पुष्पराज पौडेलले जानकारी
दिनुभयो । कुक तालिममा उत्कृष्ट हुने ५ जनालाई मनकामना रिसोर्ट एण्ड पार्टी
प्यालेसले रोजगारी दिने जनाएको छ ।
अब, थप दुई समूहलाई सिलाई
कटाई र एउटा समूहलाई मन्टेश्वरी तालिम सञ्चालन बाँकी रहेको छ । सिलाई कटाई
तालिम बैशाख १५ गते तथा मन्टेश्वरी तालिम बैशाख ११ गतेबाट सुरुवात हुन
लागेको जनाइएको छ । तालिममा सहभागीहरुलाई राष्ट्रिय शीप परीक्षण समितिले
परीक्षा परीक्षा लिई उत्तीर्णलाई तह एकको प्रमाणपत्र उपलब्ध गराउने
व्यवस्था रहेको छ ।


