माडीको प्याउलीमा हस्तकला तालिम सुरुवात

210
SwadeshPost

सुन्दर नेपाल सरसफाई अभियानको आयोजनामा माडीको प्याउलीमा हस्तकला तालिम सुरुवात भएको छ । तालिम अन्तरगत माडी नगरपालिका वडा नं. ९, प्याउलीका हरेक घरबाट एक जनाको दरले ७६ जनालाई गुडिया, झोला र बुट्टेदार ऐना लगायतका सामान बनाउने तालिम दिन सुरुवात भएको हो । मंगलबार सुरुवात भएको सो तालिम एक हप्तासम्म जारी रहनेछ ।

तालिमका सहभागीहरुलाई धनमाया तामाङ र शान्ति तामाङले प्रशिक्षण दिनुभयो । तालिमका क्रममा र तालिम पश्चात सहभागीहरुले तयार गर्ने हस्तकलाका सामग्रीहरु सुन्दर नेपाल अभियानले नै खरिद गरी बजार व्यवस्थापन गरिदिने सुन्दर नेपाल अभियानका प्रमुख वीर बहादुर तामाङले जानकारी दिनुभयो ।

यसैबिच, सो अभियानले माडी नगरपालिका प्याउली बस्तीलाई नमुनाबस्ती बनाउने योजना अघि सारेको छ । ७६ घरपरिवारको बसोबास रहेको प्याउलीबस्ती लाई नमुनाबस्ती बनाउने योजना अन्तरगत सम्पूर्ण परिवारका लागि घर निर्माण, रोजगारीको व्यवस्था, शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवाको व्यवस्था गरिने जनाइएको छ ।

SwadeshPost