माडीकाे शनि मन्दिर क्षेत्रमा बुद्धको मुर्ती स्थापना हुने

276
SwadeshPost

हिन्दुजनको धार्मिक गन्तव्यस्थलका रुपमा पहिचान बनाइरहेको शनि मन्दिर क्षेत्रमा बौद्ध धर्मावलम्बीहरुलाई समेत आकर्षित गर्न बुद्धको मुर्ती स्थापना हुने भएको छ ।

हालसम्म चितवनकै एक मात्र तथा नेपालकै दोश्रो शनि मन्दिरका रुपमा रहेको माडी नगरपालिका वडा नं. ७, दक्षिण देबेन्द्रपुरस्थित शनि मन्दिर परिसरमा कंक्रिट निर्मित ५ फिट अग्लो बुद्धको मुर्ती स्थापना गरिन लागिएको मन्दिरका संरक्षक युवा पण्डित सुर्दशन सुबेदीले जानकारी दिनुभयो । धार्मिक सहिष्णुता प्रदर्शन एवं माडीको पर्यटन विकासका लागि बुद्धको मुर्ती स्थापना गर्न लागिएको र त्यसका लागि स्थानीय महिला समूहको अगुवाईमा मुर्ती राखिने ठाउँको व्यवस्थापन जारी रहेको जनाइएको छ ।

यसैबिच, प्रदेश नं. ३ सरकारको १० लाख आर्थिक लगानीबाट शनि मन्दिर स्तरोन्नति सुरुवात गरिएको छ । गतबर्ष फागुन २० गते योजना सम्झौता भई गत जेष्ठ महिनामा शनि मन्दिरको नयाँ संरचनाको जग र पिल्लर बनाउने काम गरिएको उपभोक्ता समितिका अध्यक्ष खड्क बहादुर ढकालले जानकारी दिनुभयो ।

SwadeshPost