माडीको राधापुर बनटाैली क्षेत्रमा बृक्षारोपण अभियान सुरु

126
SwadeshPost

हरियाली विकास कार्यक्रम अन्तरगत माडीको राधापुर बनटाैली क्षेत्रमा बृक्षारोपण अभियान सुरुवात भएको छ ।

नेपाल सरकार, जलाधार तथा भू-संरक्षण विभागको आयोजना तथा जापानी सहयोग नियोग जाइकाको सहयोगमा माडी नगरपालिका वडा नं. ५ स्थित सुख्खाप्रभावित सो स्थानमा बृक्षारोपण अभियान सुरुवात भएको हो । अभियानका क्रममा एक हजार थान बिरुवाहरु हस्तान्तरण भई वृक्षारोपण आरम्भ गरिएको वडाध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिनुभयो । वडा कार्यालयद्वारा कुल २० लाख रुपैंयाको बजेटमा कार्यान्वयनमा रहेको सो कार्यक्रम अन्तरगत वृक्षारोपणसंगै हरियाली प्रवद्र्धन र चेतना अभिवृद्धिका गतिविधीहरु सञ्चालन हुनेछन् ।

आज शनिबार एक संक्षिप्त कार्यक्रमबिच सो अभियानको सुरुवात गरिएको हो । वडाध्यक्ष पोखरेलको अध्यक्षता तथा माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको विशिष्ट आतिथ्यमा अभियान सुरु भएको थियो । कार्यक्रममा बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतो र वडा नं. ५ का वडासदस्यहरुसंगै स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost