माडी क्याम्पसद्वारा क्यु.ए.ए. पास गर्ने प्रक्रियाकाेे थालनी

364
SwadeshPost

स्नातक एवं स्नातकोत्तर तह सञ्चालनमा रहेको माडीको एकमात्र शैक्षिक संस्था माडी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रमाणिकरण (क्यु.ए.ए.) पास गर्ने प्रक्रिया थालेको छ ।

क्याम्पसको शैक्षिक, भौतिक, प्रशासनिक तथा गुणस्तर अभिवृद्धि गरी क्यु.ए.ए. पास गर्ने प्रक्रियाको सुरुवातस्वरुप क्याम्पसमा सो सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भुसालको अध्यक्षता तथा प्रदेश नं. ३ का सभासद रामलाल महतोको प्रमुख आथ्यितमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव निशा न्यौपाने, माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतो, माडीका वडाध्यक्षहरु, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरु एवं क्यापसमा कार्यरत शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागीरुलाई विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रमाणिकरणका बिषयमा सप्तगण्डकी बहुमुखी क्याम्पसका सह-प्राध्यापक कपिल देव सुवेदी र लेखा नियन्त्रक तोयानाथ भट्टराईले क्यु.ए.ए. पास गर्ने प्रक्रियाका बिषयमा जानकारी गराउनुभएको थियो ।

SwadeshPost