राष्ट्रिय नागरिक पार्टीले सो पार्टीका केन्द्रीय सदस्य रहनुभएका माडीका युवा सञ्जय काजीलाई कारवाही गरी केन्द्रीय सदस्य र पार्टीबाट हटाएको जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय अध्यक्ष शुक्र बहादुर गुरुङले काजीलाई सो कारवाही गरिएको जनाउनुभएको हो । पार्टीको बिधान अनुसार नचलेको र पटक पटक सुझाव दिँदापनि पार्टीको बिधान र अनुशासन बिपरित कार्य गरेको आरोप लगाउँदै अध्यक्ष गुरुङले काजीलाई पार्टीबाट निष्काशन गरिएको जनाउनुभएको हो । काजीले भने हिँजो बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु कमल थापा र दिपक बोहोरासंग व्यक्तिगत कामका लागि भेटघाट गरेकोमा त्यसलाई गलत रुपमा बुझी आफूलाई पार्टीले कारवाही गरेको टिप्पणी गर्नुभयो ।
बिक्रम पाण्डे नेता रहनुभएको राप्रपाको माडी क्षेत्रीय सदस्यबाट राजनीति सुरुवात गर्नुभएका उहाँ पार्टी बदलेर कमल थापा नेतृत्वको राप्रपा नेपालको जिल्ला सदस्य हुँदै पुनः नागरिक पार्टी प्रवेश गरी केन्द्रीय सदस्य बन्नुभएको थियो । अब बामपन्थी धारमा समाहित भई सक्रिय राजनिती गर्ने उहाँले जनाउनुभयो ।