लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानको पहिलो चरण पुरा

129
SwadeshPost

डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान आज तेश्रो तथा अन्तिम दिन समेत जारी रह्यो ।

अभियानका क्रममा आज माडी नगरपालिका वडा नं. ३, ५ र ६ मा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियानसंगै डेङ्गु रोगबारे छुट्टाछुट्टै चेतनामूलक कार्यक्रम गरिएको छ । योसंगै माडीका नौं वटै वडाहरुमा पहिलो चरणको जनचेतनामूलक कार्यक्रमहरु सकिएका छन् । माडीको बसन्तपुरबाट सुरुवात भएको आजको अभियानमा चेतनामूलक कार्यक्रमपश्चात -याली सहितको सरसफाई समेत गरिएको थियो । बसन्तपुरको कार्यक्रममा नगरप्रमुख ठाकुर प्रसाद ढकाल र अन्य दुईवटा वडाको कार्यक्रमहरु नगर उपप्रमुख ताराकुमारी काजीको प्रमुख उपस्थितिमा सकिएको हो ।

३ वटै वडामा भएको कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य शाखाका उपप्रमुख गोविन्द पौडेलले डेङ्गू रोगका बारेमा प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र वडाध्यक्षहरुसंगै स्थानीय गैर सरकारी संघ संस्था, विद्यालय, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, टोलसुधार समितिका पदाधीकारीहरु, टोलबासी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सञ्चारकर्मी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost