खोलामा रहेका बिजुलीको पोल ढल्न लागेको भन्दै माडीको बिजुली काटियो

434
SwadeshPost

मगोईसंगै अन्य केहि खोलाको बगर क्षेत्रमा रहेका बिजुलीको पोल ढल्ने अवस्थामा पुगेकाले सुरक्षाका लागि भन्दै आज बिहानभर माडीको बिजुली काटिएको छ ।

दुई बर्षअघि नै बाढीका कारण ढल्किएको मगोई खोलाको पोलमा आजको बाढीले थप क्षती गर्ने आशंका बढेको र चितई लगायतका खोलामा पनि बिजुलीको पोल ढल्नसक्ने सम्भावना बढेकोले बिहान केहि समयका लागि बिद्युत प्रवाह रोकिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख शुरेस महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । खोलामा पानीको मात्रा कम दिउँसो करीब १२ः३० बजेबाट बिद्युत सुचारु भएको थियो ।

खोलामा रहेका पोलहरु सार्नुपर्ने वा बैंकल्पिक व्यवस्था गर्नुपर्ने आजान उठ्दै आएको भएपनि समयमै त्यसको व्यवस्थापनमा ध्यान नपुग्दा बिजुली नै अवरुद्ध हुने अवस्था आएको हो । चनौली जगतपुर माडी ३३ के.भीे. सब प्रशारण लाइन र वितरण लाइन अन्तरगत मगोईसंगै अन्य खोला र बगर क्षेत्रमा करीब आधा दर्जन पोलहरु रहेका छन् ।

SwadeshPost