निकुञ्जभित्रको बिग्रिएको बाटो मर्मतका लागि १८ लाख रुपैंया बजेट स्वीकृत

142
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्रको बिग्रिएको बाटो मर्मतका लागि प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको छ ।

कसरादेखि ध्रुवापोष्ट नजिकै देउराली डाँडासम्मको बाटो मर्मतका लागि सो मन्त्रालयले १८ लाख रुपैंया बजेट स्वीकृत गरेको हो । जिल्ला समन्वय समिति चितवनको सिफारिसमा मन्त्रालयले सो बजेट स्वीकृत गरेको समन्वय समितिका सदस्य चुडामणी महतोले जानकारी दिनुभयो । बजेट स्वीकृत भएसंगै सो खण्डको बाटो मर्मतको बाटो खुलेको छ ।

हाल सो सडक खण्डमा खाल्डाखुल्डी परेको र पानी जमेको कारण दुइपाङ्ग्रे र साना तथा ठूला सवारी साधन चलाउँदा समस्या परिरहेको छ । बनकट्टाबाट देउराली डाँडोसम्म करीब ४ किलोमिटर सडकखण्ड राम्रै अवस्थामा रहेपनि बाँकी सडक खण्डको मर्मत हुन नसक्दा यातायात सेवा प्रभावित भइरहेको हो । गत असार पहिलो साता सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरको ६० लाख रुपैंया बजेटमा निकुञ्जको बगहीँ-अमुवा र बनकट्टा-कसरा खण्डको मर्मत गरिएको थियो ।

SwadeshPost