रानाभाट रिहाईका लागि संकलित ब्लड मनी परिचालन नयाँ संस्थामार्फत

176
SwadeshPost

हालै जेलमुक्त भई कतारबाट स्वदेश फर्किएका बिनोद रानाभाटको रिहाई तथा उद्धारका लागि संकलित ब्लड मनीको संरक्षण र परिचालनका लागि छुट्टै संस्था (ट्रष्ट) गठन हुने भएको छ ।

संस्था दर्ता ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय चितवनमा बिधान दर्ता गरी हाल बैंकमा रहेको रकमबाट अन्य पीडितहरुलाई सहयोग गरिने भएको हो । संस्था दर्ताका लागि रानाभाट सेवा समाजका अगुवा बाबुराम रानाभाटको संयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिमा बिनोद रानाभाट रिहाई तथा उद्धार समितिका अध्यक्ष कृष्ण बहादुर रानाभाट, उपाध्यक्ष अर्जुन भुसाल र कोषाध्यक्ष भीम बहादुर के.सी. (पौडेल) संगै तारा बहादुर रानाभाट, टंक प्रसाद पौडेल, हरि बहादुर रानाभाट र ज्ञान बहादुर रानाभाट सदस्य रहनुभएको छ ।

बिनोद रानाभाट रिहाई तथा उद्धार समितिको भरतपुरमा सम्पन्न बैठकबाट सो निर्णय भएको हो । बैठकले रानाभाट नेपाल आइपुग्दा समितिको कुनै पनि रकम खर्च नभएकोले सो समितिको नाममा जम्मा हुन आएको रु १ करोड २१ लख ६८ हजार ३२१ रुपैयाँ सार्बजनिक गरेको छ । बैठकले कतारको जेलबाट रानाभाटको रिहाइका लागि सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

SwadeshPost