सुनचाँदी सफा गर्ने भन्दै संकास्पद गतिबिधी गरेका एक भारतीय पक्राउ

87
SwadeshPost

केमिकल र धुलो पाउडरको प्रयोग गरी सुनचाँदीका गरगहना सफाई गर्ने भन्दै संकास्पद गतिबिधी गरेका एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

माडी नगरपालिका वडा नं. ८, दक्षिण अयोध्यापुरी निवासी हर्क बहादुर तामाङकी श्रीमती भद्रकाली तामाङको कानको सुन सफा गर्ने भन्दै ठगी गरेको आशंकामा माडी प्रहरीले एक भारतीयलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत सहर्षा पर्सतमपुर निवासी अन्दाजी बर्ष १८ का राजकुमार साह रहेका छन् । उनको साथबाट प्रहरीले पिताम्बर नामको पाउडर, गेरु, विभिन्न खालका रसायन (केमिकल) भरिएका भाँडा, ब्रुस, कपास आदि बरामद गरेको छ ।

पक्राउ परेका साहलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर विश्वकर्माले जनाउनुभयो । सुनचाँदी सफाई गर्ने बहानामा ठगी हुनसक्ने भएकाले सचेत हुन र यसखालका कुनैपनि संकाश्पद गतिविधी भएको देखिए प्रहरीलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

SwadeshPost