दशैं तिहार नकआउट फुटबलमा सोमबार गौरीशंकर र ध्रुवतारा विजयी

255
SwadeshPost

माडीको बसन्तपुरमा जारी चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज चौथो दिनका खेलहरुमा गौरीशंकर यु्वा क्लब गौरीनगर र ध्रुवतारा युवा क्लब, रामराज्यपुर विजयी भएका छन् ।

आजको पहिलो खेलमा गौरीशंकर युवा क्लब र ज्ञानज्योति युवा क्लब भिँडेकोमा निर्धारित समयमा ०-० को बराबरी भएसंगै टाइब्रेकरमा ५-४ गोलअन्तरसहित गौरीशंकर विजयी भएको थियो । खेलको म्यान अफ द म्याच गौरीशंकरका गोलरक्षक युवराज घिमिरे घोषित हुनुभयो । त्यसैगरी, दोश्रो खेल ध्रुबतारा युवा क्लब रामराज्यपुरको ए टोली र बिलिभर्स चर्च बघौंडाको फुटबल टोलीबिच भएकोमा ३-० गोलअन्तरबाट ध्रुबतारा विजयी भएको हो । खेलको म्यान अफ द म्याच ध्रुबताराका लागि २ गोल गर्न सफल सनिल गुरुङ घोषित हुनुभयो ।

अब भोलि कार्तिक ५ गतेबाट क्वार्टर फाइनल चरणका खेलहरु सञ्चालन हुनेछन् । क्वार्टर फाइनलको पहिलो खेल दिउँसो १ बजे स्टार स्पोर्टस् क्लब बरुवाको बी टोली र गौरीशंकर युवा क्ल्ब, गौरीनगरबिच हुनेछ भने दोश्रो खेलमा दिउँसो ३ बजे ध्रुवतारा युवा क्लब रामराज्यपुरले एफसी कल्याणपुरको सामना गर्नेछ । साइड नेपाल बसन्तपुरद्वारा आयोजित सो प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost