वाइन टु वाटर नेपालद्वारा माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान

461
SwadeshPost

माडी क्षेत्रमा शुद्ध पिउने पानी र सरसफाईको परियोजनाहरु सञ्चालन गरिरहेको वाइन टु वाटर नेपालले माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

माडीमा रहेका अस्पताल, स्वास्थ्य चौकी, नगर स्वास्थ्य क्लिनिक र सामुदायिक ईकाईहरु गरी १३ वटा स्वास्थ्य संस्थाहरुसहित बनकट्टा व्यारेक र ईलाका प्रहरी कार्यालय बसन्तपुर समेतका लागि स्वायर फिल्टर सिस्टम, साबुन, पञ्जा, मास्क र पिपिई लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । संस्थाका तर्फबाट माडीलाई ५ वटा पिपिई, ७०० थान मास्क, १४०० जोडा ग्लोब्स, ५७० थान साबुन र १५ वटा फिल्टर सिस्टम प्रदान गरेको वाइन टु वाटर नेपालका फिल्ड कोअर्डिनेटर सुजन सापकोटाले इमेलमार्फत जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्रीहरु हस्तान्तरण कार्यक्रममा संस्थाका प्रतिनिधीका रुपमा प्राविधिकहरुसंगै ई. गुणेश्वर महतो तथा माडी नगरपालिकाका तर्फबाट वडाध्यक्ष कृष्ण पौडेल, जनस्वास्थ्य संयोजक जीवन कुमार श्रेष्ठ र बघौंडा अस्पतालका मेडिकल अफिसर डा. शशि टण्डनको सहभागिता रहेको थियो । माडीसंगै वाइन टु वाटर नेपालले भरतपुर अस्पताललाई पनि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो ।

SwadeshPost