माडी-१ काे क्वारेन्टीन सेन्टरले गर्याे स्वास्थ्य संस्थाहरुलाई सुरक्षाका सामग्रीहरु प्रदान

91
SwadeshPost

देशका अधिकांश क्वारेन्टीनहरुमा मेडिकल सामग्रीहरुको चरम अभाव भइरहँदा माडीको बरुवास्थित क्वारेन्टीन सेन्टरले उल्टै, आफ्नो सेवा क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालय एकान्तबास केन्द्रले बघौंडा अस्पताल र गर्दी स्वास्थ्य चौकीलाई स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु सहयोगस्वरुप प्रदान गरेको हो ।

सो क्वारेन्टीनले बघौंडा अस्पताललाई २ सेट पि.पि.ई., २० थान एन. नाइन्टीफाइभ मास्क, १०० थान सर्जिकल मास्क, २ जोडा युटिलिटी ग्लोब्स, २ बोत्तल स्यानिटाइजर, १०० सेट सर्जिकल ग्लोब्स तथा २÷२ जोडा सेक्युरिटी बुट र गगल्स प्रदान गरेको हो । त्यसैगरी गर्दी स्वास्थ्य चौकी बरुवालाई २ सेट पि.पि.ई., २० थान एन. नाइन्टीफाइभ मास्क, १०० थान सर्जिकल मास्क, १० जोडा युटिलिटी ग्लोब्स, ३ बोत्तल स्यानिटाइजर, १०० जोडा सर्जिकल ग्लोब्स, १०० थान हेड क्याप र १०० वटा सर्जिकल मास्क प्रदान गरिएको वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जनाउनुभयो ।

वडाभित्र क्वारेन्टीनका राखिएका ७० तथा होम क्वारेन्टीनमा रहेका १ सहित सबैका लागि स्वास्थ्य सामग्री, खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु सहयोगस्वरुप प्राप्त भइरहेकाले स्टोर गरी राख्नुभन्दा बाँड्नु उचित लागेको भन्दै सहयोगस्वरुप स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइएको वडाध्यक्ष पौडेलको भनाई छ ।

SwadeshPost